काठमाडौं । विद्यार्थीलाई वैदेशिक अध्ययनको काउन्सिलिङ गर्न रिभोलुसन एजुकेशनले काठमाडौंमा ‘एजुकेशन फेयर’ आयोजना गरेको छ ।
बागबजारस्थित रिभोलुसनको कार्यालयमा आयोजित मेलाको पाँच सय भन्दा धेरै विद्यार्थीले अवलोकन गरेका छन् । रिभोलुसनका प्रबन्ध निर्देशक आशिष रायमाझीका अनुसार ती विद्यार्थीलाई अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका, डेनमार्क र आयरल्यान्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले परामर्श (काउन्सिलिङ ) दिएका छन् ।
‘विद्यार्थीले वैदेशिक अध्ययनसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गरुन् भनेर मेला आयोजना गरेका हौँ,’ रायमाझीले भने, ‘मेलामा सहभागी विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालय, कलेज र त्यहाँको कोर्स, शुल्क बारे जानकारी पाएका छन् ।
कुन देशमा जानका लागि के कति खर्च लाग्छ, शैक्षिक कोर्ष के कस्तो छ भनेर पनि जानकार पाए ।’ मेलाको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निमित्त अध्यक्ष गीता सिवाकोटीले गरेकी थिइन् । मेलामा सहभागी विद्यार्थीलाई विभिन्न गिफ्ट ह्याम्पर, सिनेमाको टिकेट र पुड भौचर प्रदान गरिएको थियो ।