काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडकखण्डमा शनिबार भएको बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्।
दुर्घटना मध्याह्न १२:२० बजे रामेछापको डोरखानीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटना हुँदा भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ब्रेक फेल भएका कारण बस सडकछेउको भित्तामा ठोक्किएको हो।
बसमा जम्मा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएका सबै २३ जनालाई धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको काभ्रे प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक जानकारीअनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने ज्यानको जोखिम भने नभएको बताइएको छ।
दुर्घटनापछि बस र चालकलाई दोलालघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण:
भिम बहादुर मगर, ४६ वर्ष, रामेछाप (अवस्था मध्यम)
नम्बर सिंह तामाङ, ४४ वर्ष, रामेछाप (अवस्था मध्यम)
फुल माया तामाङ, ४६ वर्ष, रामेछाप (अवस्था मध्यम)
राम बहादुर चापागाई, ३० वर्ष, काभ्रे (अवस्था मध्यम)
मिन बहादुर बि.क., ४५ वर्ष, काभ्रे (अवस्था मध्यम)
भुवन थापा मगर, २८ वर्ष, रामेछाप (सामान्य)
कमल सुनार, ३५ वर्ष, गोरखा (अवस्था मध्यम)
सुवास तामाङ, २६ वर्ष, काभ्रे (अवस्था मध्यम)
निर्मला खत्री, ४४ वर्ष, काभ्रे (सामान्य)
सरोज रसाईली, २१ वर्ष, काभ्रे (सामान्य)
राम गौतम, २६ वर्ष, काभ्रे (अवस्था मध्यम)
सरोज बि.क., २१ वर्ष, काभ्रे (अवस्था मध्यम)
दोर्जे लामा, ७८ वर्ष, काभ्रे (अवस्था मध्यम)
प्रकाश गौतम, १७ वर्ष, काभ्रे (सामान्य)
असलमान तामाङ, ५९ वर्ष, रामेछाप (सामान्य)
सुकलाल लामा, ६४ वर्ष, रामेछाप (अवस्था मध्यम)
शेर बहादुर तामाङ, ४५ वर्ष, रामेछाप (सामान्य)
तारा बहादुर श्रेष्ठ, ४० वर्ष, रामेछाप (सामान्य)
दिव्या थापा मगर, १५ वर्ष, रामेछाप (सामान्य)
चेत बहादुर श्रेष्ठ, ५१ वर्ष, रामेछाप (अवस्था मध्यम)
माईली तामाङ, ५८ वर्ष, काभ्रे (सामान्य)
मैया बुढाथोकी, ६४ वर्ष, काभ्रे (अवस्था मध्यम)
जनक रिजाल, ४१ वर्ष, काभ्रे (अवस्था मध्यम)












