काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको बताएका हुन्।
उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरूले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे।
कोसँग माया गर्ने, कोसँग विवाह गर्ने ? भन्ने कुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरूले केही पनि गर्न नसक्ने उनको तर्क थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले नेपाली समाजले अहिले अन्तरदेशीय विवाहको सामना गरिरहनुपरेको उल्लेख गरे। अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेको भन्दै कयौँ टिप्पणीहरू आइरहेको उनले सुनाए।