काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई बौद्धबाट पक्राउ गरिएको सीआईबीले जनाएकाे छ ।