Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

काठमाडौंमा जाँच गरिएका ९४५ वटामध्ये ५१५ वटा सवारी साधन प्रदूषण मापदण्ड विपरित

काठमाडौंमा जाँच गरिएका ९४५ वटामध्ये ५१५ वटा सवारी साधन प्रदूषण मापदण्ड विपरित

काठमाडौं । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्ड विपरीत भेटिएका छन् ।

सडकमा गुडिरहेका सवारी साधनमध्ये २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण गर्दा ४७१ वटा तोकिएको मापदण्डभन्दा विपरीत भेटिएका हुन् ।

Subisu

महानगरपालिकाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदुषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदुषण परीक्षण गरिएको हो ।

‘प्रदुषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोलबाट चल्ने र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।

सहरका सडकमा गुडिरहेका सवारी साधनहरुले मापदण्ड पालनाको अवस्थामा जानकारी लिन गएको पुस २९ गतेदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको सहकार्यमा प्रदुषण जाँच गरिरहेको छ ।

जाँच शुरुवातका चरणमा फेल भएका सवारी साधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ । सचेतनात्मक कार्यक्रमका रुपमा सुझाव दिँदा पनि आफ्ना सवारी साधनलाई मर्मत सम्भार गरेर दुरुस्त अवस्थामा चलाउने गरेको नपाइए पछि फेल हुने सवारी साधनका चालकको कागजपत्र लिएर ५ सय रुपैयाँ जरिवाना तिराउन थालिएको छ । वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अहिलेसम्ममा ५५ जना सवारी चालकलाई जरिवाना तिराइएको छ । यसरी मौका प्रदान गर्दा पनि अटेर गर्नेलाई सवारी साधन सञ्चालनमा रोक लगाउने महानगरपालिकाको तयारी छ ।

परीक्षणका क्रममा सवारी चालक र सहचालकलाई सम्झाउने, कानुनी व्यवस्थाका बारेमा जानकारी दिने, सवारी धनीलाई एसएमएसमार्फत सवारी साधनलाई चुस्त अवस्थामा राख्न आग्रह गर्ने गरिएको छ । यस्तै प्रदुषण मापदण्ड विपरीत पाइएका सवारी चालकलाई कानुनी कारवाही गर्न थालिएको छ ।

अहिलेसम्ममा ठमेल, मैतीदेवी, चावहिल, खुशिँबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, बनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारी साधनहरुमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारी साधन छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

ताजा समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host