काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ज्वरोका कारण वीर अस्पतालमा भर्ना भएका छन् ।
शनिबार रातिदेखि उनको भीआईपी क्याबिनमा उपचार भइरहेको सचिवालयले जानकारी दिएको छ।
लामो समयदेखि रुघाखोकी र ज्वरोले पीडित मन्त्री पौडेल केही दिन घरमै आराम गरेर काममा फर्किएका थियो। तर स्वास्थ्यमा सुधार नआएपछि अस्पताल भर्ना गरिएको हो।
थाइल्याण्डको बैंककमा सम्पन्न मन्त्रीस्तरीय बैठकमा सहभागी भएर शुक्रबार मात्रै स्वदेश फर्किएका पौडेल फर्किएको भोलिपल्टै पुनः बिरामी भएका सचिवालयले जनाएको छ।
हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र आवश्यक परीक्षण तथा औषधोपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।












