Outline Khabar
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
                                                       
No Result
View All Result

स्वास्थ्य क्षेत्रका समस्या समाधानको खाका पाँच दिनभित्र ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

स्वास्थ्य क्षेत्रका समस्या समाधानको खाका पाँच दिनभित्र ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङसहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजनासहितको खाका तयार गर्न भनेका हुन् ।

Subisu

‘सबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिनभित्र मलाइ लिखित रुपमा समाधानका बिकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं’, मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने । उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए ।

‘स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ,’ उनले भने,‘बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ, प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नुपर्छ ।’
मन्त्री पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन आग्रह गर्दै भने,‘हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रीत हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामिले प्राप्त गर्न सकेका छैनौं, आफुले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं ।’ मन्त्री पौडेलले कानूनको अम्ब्रेलाबाट बाहिर कोही हुन नहुनेसमेत बताए ।

‘कानूनको अम्ब्रेलाबाट कोही बाहिर हुन सक्दैन, त्यो छुट कसैलाई दिन हुँदैन, पहिले हामीले स्वास्थ्य ऐन बनाउन पर्छ, बृहत् रुपमा तयारी गरेर सबै कुरा पर्ने गरेर त्यसको तयारी गरौं ।’

पौडेलले स्वास्थ्यमा धेरै ठूलो जनशक्ति रहेकाले त्यसलाई सहि ढंगबाट कसरी प्रयोग गर्ने भन्नेमा पनि सोच्नु पर्ने बताए । पहुँच र लिगेसीको आधारमा कुनै कुरा नहुने भन्दै उनले पद्धतिको विकास आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे ।

‘कही आवश्यकता भन्दा बढी जनशक्ति छ, कही जनशक्ति अभाव छ भन्ने छ, नीतिगत विषय पनि सुल्झाउ, कार्यान्वयनको पाटोलाइ पनि हेरौ, पहुँच र लिगेसीको आधारमा कुनै कुरा हुन्न, सिस्टम बनाउने हो ।’ उनले जनशक्तिलाई बेकामे नबनाउने गरेर योजना बनाउन र ग्रामीण जनताको स्वास्थ्य सेवामा पहुँच छ भन्ने देखिने गरेर काम गर्न पनि मन्त्रालयका विभागीय प्रमुखहरुसँग आग्रह गरे ।

‘जनशक्तिलाई बेकामे नराखौं, छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरहरुलाई ग्रामिण क्षेत्रमा पहिले सेवा गर्नु पर्ने गरेर योजना बनाऔं, ग्रामीण क्षेत्रमा नगए सहरी क्षेत्रमा आउन सकिन्न भन्ने स्पष्ट होस, ग्रामीण क्षेत्रलाई पहिले प्राथमिकता राखौ, त्यसलाई गाइड गर्ने गरेर नीति बनाऔं’ मन्त्री पौडेलले भने ।

उनले कुन डाक्टरको काम कहाँ हो त्यहा पठाउने गरेर क्याटेगोराइज गर्दा धेरै समस्याको समाधान हुने बताए। ‘जुन डाक्टरको जहाँ काम छ, त्यहाँ पठाऊ, सेवा सुविधा थप्न सकिन्छ भने त्यसमा पनि पहल गरौं ।’

मन्त्री पौडेलले मन्त्रालयले आमजनतामा रोग नै लाग्न नदिन के गर्ने भनेरसमेत जनचेतनामूलक सामग्री पुर्याउन नसकिएको भन्दै त्यतातर्फ पनि प्राथमिकता हुनुपर्ने बताए ।

‘जनतालाई रोग नै लाग्न नदिनका लागी ब्यक्ती आफुले चाहिँ के गर्ने भनेर चेतना जगाउने किसिमका सुचना जानकारी हरुलाई पनि प्राथमिकतामा राखौं,’ मन्त्री पौडेले भने।

मन्त्री पौडेललाई स्वास्थ्यसचिव रोशन पोखरेलसहित विभिन्न महाशाखाका प्रमुखहरुले मन्त्रालयको विभागीय काम,जिम्मेवारी, अवस्था र कामकारवाहीका क्रममा देखिएका समस्याका बारेमा सुनाएका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायाे मुद्दा (सूचीसहित)

पोखरा विमानस्थलका आयोजना प्रमुखमाथि साढे दुई करोड अकुत सम्पत्तिको मुद्दा

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से २,६१९ मा कायम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host