काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार बृहत् प्रदर्शन गरेको छ । राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।
प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरु लगाइएको थियो । प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्याली समेत आयोजना गरिएको थियो ।












