काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आइतबार भारत भ्रमणमा जाँदैछन्।
प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डको साथमा स्ककीय सचिव समेत रहेकी छोरी गंगा, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, लगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि भारत जाने कार्यक्रम छ।