काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेको बताएका छन् । काठमाडौंको चन्द्रागिरिमा बुधबार पत्रकारहरूको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको बताएका हुन् ।
सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको बताउदै उनले भने, ‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले । बढ्ता हो-हल्ला गर्न जरूरी छैन।’ सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण दिएका प्रधानमन्त्री दाहालले गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रूपमै आएको भन्नु मान्छेहरूले भन्ने कुरा भएको बताए।
सिरोहिया अदालती प्रक्रियाबाट निर्दोष हुने र सजिलै छुट्ने त्यसपछि समस्या हल भइहाल्ने प्रधानमन्त्रीले बताए । सिरोहियालाई नागरिकताबारे धनुषा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो।सिरोहियालाई अहिले म्याद थप धनुषा जिल्ला अदालतमा लगिएको छ ।