काठमाडौं । प्रभु बैंकसँगको सहकार्यका आगन्तुक रिसोर्ट धुलिखेलले विभिन्न आकर्षक छुट दिने भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्सुवास कार्कीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र अन्य ग्राहकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । रिर्सोटबाट चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता मनमोहक दृश्य अवलोकन समेत गर्न सकिने जनाइएको छ ।