Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

वायु प्रदूषणको मात्रा काठमाडौं महानगरको वेभ साइटबाटै हेर्न मिल्ने

वायु प्रदूषणको मात्रा काठमाडौं महानगरको वेभ साइटबाटै हेर्न मिल्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदुषण मापन यन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न ‘काठमाडौं महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरिएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर ड्यास बोर्ड सार्वजनिक गरिएको हो । ड्यास बोर्डबाट महानगरपालिका क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पि.एम. २.५ र वायु गुणस्तर सूचकांकको विवरणलाई वास्तविक समयमा हेर्न सकिन्छ । यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ । महानगरपालिका स्वस्थ्य सहरका लागि थालेका प्रयत्नमध्ये यो एउटा महत्वपूर्ण प्रयास हो ।

Subisu

काठमाडौं महानगरपालिकाको वेभ साइटमा गएर नागरिक क्षेत्रभित्र भएका आइकनमध्ये ‘वायु गुणस्तर निगरानी’ मा क्लिक गरेपछि ड्यासबोर्डका पुगिन्छ । यसको गृहपृष्ठमा स्थानको नाम, वायु गुणस्तर सूचकांक र नक्सा राखिएको छ । वायु गुणस्तरको अवस्थालाई विभिन्न ६ वटा रङ्गले अवस्था संकेत गरिएको छ । जसमा हरियो रङ्ग राम्रो अवस्थाको संकेत हो । पहेँलो रङ्ग मध्यम, सुन्तला रङ्ग बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका मुटु रोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो । रातो रङ्गले अस्वस्थ्य अवस्थाको संकेत गर्छ । यो सबैका लागि अस्वस्थ्य अवस्था हो । खासगरी संवेदनशील वर्गका व्यक्तिहरु यसबाट जोगिनुपर्छ ।

वैजनी रङ्गले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुन सक्ने संकेत गरिएको छ । यस्तै गाढा खैरो रङ्ग जोखिमपूर्ण अवस्था हो । यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुन सक्छ । खासगरी पहिले नै समस्या भएकाहरुका लागि बढी असर हुन सक्छ ।

यो प्रणालीबाट वायु गुणस्तरको अवस्था हेरेर व्यक्तिहरुले जीवनशैली अपनाउनु होस् भन्ने हाम्रो चाहना हो । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन्,‘वातावरणीय अनुकुलता र प्रतिकुलता हेरेर त्यसअनुसारको जीवनशैली र आचरण बनाउनु पर्छ । यसका लागि प्रणालीले वास्तविक समयको सूचना दिन्छ ।’

स्वास्थ्य विभागका प्रमुख दीपककुमार के. सी.ले भने, ‘ड्यास बोर्डबाट प्राप्त हुने तथ्याङ्कले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिनेछ ।’

हेल्दी सिटी नेटवर्क परियोजनाका प्रमुख इञ्जिनियर सञ्जिब पाण्डेका अनुसार ड्यास बोर्डमा ७ खण्डहरु छन् । यसअघि सहरका बिभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणबाट वायु गुणस्तर हेर्न व्यवस्था वोर्डको मुख्य विशेषता हो ।

यससँगै वायु गुणस्तर सूचकांक बुझ्न सहयोग गर्ने शैक्षिक सामग्री राखिएका छन् । वायु गुणस्तर सूचकांकलाई रङ्ग संकेत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड छ । वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ छ । सवारी साधन प्रदूषण चेकजाँचको प्रगति विवरण हेर्न सकिन्छ ।

ड्यासबोर्डमा प्रत्येक घण्टाको पि.एम २.५ सूचकांकका विवरण हेर्न सकिन्छ । वितेका ७. दिनसम्मको तथ्याङ्क बोर्डमा हेर्न सकिन्छ । यस अघिका विवरण महानगरपालिकाको वातावरण व्यवस्थापन विभागबाट प्राप्त गर्न सकिन्छ ।

छत्रपाटी चिकित्सालय, लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदुषण मापन यन्त्र जडान गरिएका छन् । यस्तै चक्रपथको ठुलो भ¥याङ्, बौद्ध, रत्नराज्य माध्यमिक बिद्यालय, मध्य बानेश्वर, टेकु ट्रान्सफर स्टेशन, वडा नंं २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल, जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनीको कार्यालय, जडीवुटी, वडा नं. ५ कार्यालय, नरःदे, वडा नं. २३ कार्यालय ओमवहाल, वडा नंं १ को सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नक्साल र वडा नं. ३१ कार्यालय परिसरमा यन्त्र जडान भएका छन् ।

यी उपकरणमा भएका क्ल्यारिटी नोड–एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थाको हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् ।

यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् । यसबाट उत्पादन भएका तथ्याङ्कहरु उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा प्राप्त हुन्छ ।

स्वस्थ्य सहर परियोजना गैर संक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७४ वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । विश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भएको छ ।

पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरु सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्तप्रवाहमा मिसिन सक्छन् ।
यसैकारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने भनेको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host