काठमाडौं । नेपाल प्रहरी अन्तर्गत सञ्चालित नेपाल प्रहरी स्कुलहरूले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना खुला गरेका छन्। देशका विभिन्न ६ स्थानमा रहेका प्रहरी स्कुलहरूमा विज्ञान तथा व्यवस्थापन संकायका लागि कुल ५५५ सिटमा आवेदन आह्वान गरिएको हो।
यस वर्ष विज्ञान संकायतर्फ १८० सिट तथा व्यवस्थापन संकाय (कम्प्युटर साइन्स/बिजनेस स्टडिज) तर्फ ३७५ सिट छुट्याइएको प्रहरीले जनाएको छ। विद्यार्थीहरूले आफूलाई पायक पर्ने स्कुलमा तोकिएको समयभित्र आवेदन दिन सक्नेछन्।
प्रहरी स्कुलहरूका अनुसार विज्ञान संकाय साँगा र धनगढीमा मात्रै उपलब्ध हुनेछ। व्यवस्थापन संकाय भने सबै ६ वटै स्कुलमा सञ्चालन हुने जनाइएको छ।
सिट संख्याका आधारमा सबैभन्दा ठूलो भर्ना क्षमता साँगास्थित प्रहरी स्कुलमा रहेको छ। उक्त स्कुलमा विज्ञान र व्यवस्थापन गरी कुल २८० सिट उपलब्ध छन्।
स्कुल अनुसार सिट र आवेदन मिति
नेपाल पुलिस स्कुल, धरान – व्यवस्थापनतर्फ ४० सिट, आवेदन अन्तिम मिति जेठ १०
नेपाल पुलिस स्कुल, गरुडा – व्यवस्थापनतर्फ ४० सिट, आवेदन अन्तिम मिति जेठ ३१
नेपाल पुलिस स्कुल, साँगा – विज्ञान १४० र व्यवस्थापन १४० गरी २८० सिट, आवेदन अन्तिम मिति जेठ १०
नेपाल पुलिस स्कुल, सामाखुशी – व्यवस्थापनतर्फ ४० सिट, आवेदन अन्तिम मिति जेठ १५
नेपाल police स्कुल, घोराही – व्यवस्थापनतर्फ ७५ सिट, आवेदन अन्तिम मिति जेठ ३१
नेपाल पुलिस स्कुल, धनगढी – विज्ञान ४० र व्यवस्थापन ४० गरी ८० सिट, आवेदन अन्तिम मिति जेठ ३१












