काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत १९ करोड ८१ लाख छुट दिइएको विषयमा उजुरी परेपछि छानबिनका लागि कागजात जफत गर्न मंगलबार अख्तियारको टोलीले महानगरपालिकाको कार्यालयमा छापा हानेको हो ।
अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात जफत गरेको हो ।