Outline Khabar
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
                                                       
No Result
View All Result

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिवसहित २१ विरुद्ध मुद्दा, कलाई के चार्ज लाग्यो?

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणको आरोपपत्र(पूर्णपाठ)

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको परामर्श सेवा खरिद प्रक्रियामा ४६ करोड १५ लाख रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको निष्कर्ष निकाल्दै २१ जना तथा दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विमानस्थल निर्माणको मूल इपिसी सम्झौताभित्रै परामर्शदाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर छुट्याइएको थियो। तर त्यही काम फेरि अलग्गै बजेटबाट गराउँदै नागरिक उड्डयन प्राधिकरणले ४२ करोड ८९ लाख रुपैयाँमा छुट्टै परामर्श सम्झौता गरेको र यसले दोहोरो खर्चमार्फत राज्यलाई नोक्सानी पुर्‍याएको ठहर गरिएको छ।

Subisu

अख्तियारको आरोपअनुसार परामर्श सेवा खरिदका लागि तयार गरिएको लागत अनुमान अस्वाभाविक रूपमा बढाइएको थियो। इपिसी सम्झौतामा रहेको रकम प्रयोग गर्नुपर्ने अवस्थामा प्राधिकरणकै आन्तरिक बजेटबाट खर्च गरिएको, सार्वजनिक खरिद ऐनविपरीत प्रक्रिया अघि बढाइएको, र त्यसकै आधारमा ४० करोड ६८ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पाइएको छ।

अख्तियारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारी, तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, पूर्वमहानिर्देशक प्रदीप अधिकारी लगायतका उच्च अधिकारीविरुद्ध मुद्दा चलाएको हो।

अख्तियारका अनुसार निर्माण सम्झौताभित्रको पिएस शीर्षकमा रहेको रकम परामर्श सेवामा प्रयोग नगरी, त्यसलाई संशोधित मूल्यसूचीमार्फत अन्य उपकरण तथा सामग्री खरिदमा सारिएको थियो। यसरी २७ लाख ९० हजार अमेरिकी डलर बराबर रकम सम्झौता विपरीत खर्च गरिएको दाबी आयोगको छ।

आयोगले यो प्रकरणमा कुल बिगो ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ। अब यसबारे अन्तिम निर्णय विशेष अदालतले गर्नेछ।

मुख्य प्रतिवादी र उनीहरूमाथि लगाइएको चार्ज
-केदारबहादुर अधिकारी (तत्कालीन सचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
बिगो : ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ
चार्ज : नीतिगत निर्णय तहबाट दोहोरो खर्च स्वीकृत, भ्रष्टाचार निवारण ऐन दफा १७ अनुसार सार्वजनिक सम्पत्ति हिनामिना

-सञ्जीव गौतम (तत्कालीन महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण)
बिगो : ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ
चार्ज : परामर्श सेवा खरिदमा अनियमित स्वीकृति

-राजन पोखरेल (तत्कालीन महानिर्देशक)
बिगो : ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ
चार्ज : संशोधित मूल्यसूची स्वीकृत, गैरकानुनी भुक्तानीमा संलग्नता

-प्रदीप अधिकारी (तत्कालीन परियोजना निर्देशक, राष्ट्रिय गौरव आयोजना)
बिगो : ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ
चार्ज : लागत अनुमान बढाएर परामर्श सम्झौता गराएको आरोप

-बाबुराम पौडेल (तत्कालीन परियोजना निर्देशक)
बिगो : ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ
चार्ज : खरिद प्रक्रिया अगाडि बढाउने निर्णयमा संलग्नता

-प्रवीण न्यौपाने (तत्कालीन उपनिर्देशक)
बिगो : ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ
चार्ज : संशोधित बिओक्यू र प्राइज सेडयुल कार्यान्वयन

-चाँदमाला श्रेष्ठ (तत्कालीन प्रबन्धक)
बिगो : ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ

-विनेश मुनंकर्मी (तत्कालीन आयोजना प्रमुख, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल)
बिगो : ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ

-नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सबिन फुयाँल (लेखा समूह)
जनही बिगो : ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ
चार्ज : भुक्तानी प्रक्रिया मिलाउने आरोप

-ERMC/A-not/Slate JV (परामर्शदाता कम्पनी)
चार्ज : गैरकानुनी लाभ लिएको, मिलेमतोमा संलग्न

-China CAMC Engineering Co. Ltd.

चार्ज :  इपिसी सम्झौताको रकम अन्य शीर्षकमा सार्ने योजना बनाएको आरोप

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host