Outline Khabar
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
                                                       
No Result
View All Result

वर्गीकरण नभएका फोहोर ल्यान्डफिल साइटमा लैजान रोक्न सुझाव

वर्गीकरण नभएका फोहोर ल्यान्डफिल साइटमा लैजान रोक्न सुझाव

काठमाडौं । ‘सबै प्रकारको फोहर झ्यापझुप उठाएर ल्याण्डफिल साइट पु¥याउने क्रम तत्काल रोकिनुपर्ने देखियो ।’ सोमबार बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि गएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सदस्यहरु भुवन लामा, वीरेन्द्र प्रजापती र वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठसहितको टोलीले यस्तो बताएको हो ।

बर्खा सुरुभएसँगै ल्याण्डफिल साइट, साइटमा पुग्ने सडक तथा अन्य पूर्वाधार र सामाजिक पक्षको व्यवस्थापनका सम्भावित जोखिम अवलोकनका लागि टोली साइट गएको थियो । सम्भावित समस्या अनुमान गर्ने र समस्या सिर्जना हुन नदिने उपाय अबलम्बन अध्ययनका लागि टोली गएको हो ।

Subisu

अध्ययनका क्रममा उनीहरुले साइट व्यवस्थापनमा काम गर्ने कर्मचारी, फोहर ढुवानी गर्ने चालक र स्थानीयहरुसँग अवस्थाका विषयमा जानकारी लिएका थिए । यस्तै सडक र साइट व्यवस्थापनको काम हेरेका थिए ।

‘साइटमा पु¥याइने फोहरको मात्रा धेरै भएपछि ल्याण्डफिल साइट उपयोगिताको अवधि घट्दै गएको छ । अहिलेको मात्रामा फोहर लैजाने हो भने यसको अवधि १५ बर्षमै सकिने अनुमान गर्न सकिन्छ ।’ अवलोकनपछि प्रवक्ता मानन्धरले भने, ‘काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर स्रोतमा फोहर घटाउने कामलाई अभियानका रुपमा सञ्चालन गरेको छ । यसलाई अरु पालिकाले पनि अनुसरण गर्नुपर्छ ।’

‘फोहर व्यवस्थापन चक्रमा उत्पादकदेखि व्यवस्थापनसम्मका सबै जोडिनु पर्छ । हरेकले प्रत्येक चक्र पूरा गर्न सहयोग गर्नुपर्छ । नत्र, विगतका अभ्यासबाट सिकेको अनुभव पनि खेर जान्छ’ वातावरण समितिका संयोजक महर्जनले बताए ।

फोहर उत्पादन, संकलन, ढुवानी, व्यवस्थापन र साइटको पूर्वाधार निर्माण गर्ने सबैले आफ्ना आफ्ना ठाउँमा जिम्मेवारी लिनुपर्छ । समितिका सदस्य एवं वडा नंं. ६ का अध्यक्ष भुवन लामाले भने,‘नेपाल सरकारले पूर्वाधार दायित्व तत्काल पूरा गर्नुपर्ने देखियो ।’
व्यक्तिको आचरण परिवर्तनदेखि फोहरको व्यवस्थापनसँग सम्बन्धित विषयमा एकैपटक काम गर्नुपर्छ । समितिका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘समस्या सबैलाई थाहा छ । पन्छाएर आफू चोखो भएर बस्ने प्रवृत्ति छ ।’

पुनःप्रयोग गर्न सकिने सामान पनि साइटमै पुगेको छ । कुहेर मल हुने कच्चा पदार्थ पनि लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर साइटमा लगिएको छ । यसलाई रोक्न सके मात्र पनि साइटको आयु बढाउन योगदान हुनेछ । उनीहरुले महानगरपालिकाले यस दिशामा काम गरिरहेको उल्लेख गरेका थिए । उत्पादित फोहर व्यवस्थापनमा व्यक्ति व्यक्तिको दृष्टिकोण तथा व्यवहार परिवर्तन र साझेदारहरुका बिचमा एउटै धारणा निर्माणको कामलाई प्राथमिकता दिने उनीहरुको भनाइ थियो ।

बञ्चरे क्षेत्रमा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, साइटमा पुगेको फोहरको पनि मात्रा घटाउने र यसलाई ग्याँस उत्पादनजस्ता उद्योगको कच्चा पदार्थका रुपमा रुपान्तरण गर्ने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको उनीहरुको भनाइ थियो ।

वफर जोनमा वृक्षारोपण

स्यानिटरी ल्याण्डफिल साइटको अवलोकन पछि टोलीले ठुलो थुम्का सामुदायिक वन क्षेत्रमा तेजपातका विरुवा रोप्ने कामको थालनी गरेको छ । यो ककनी गाउँपालिका वडा नं. २ क्षेत्रमा पर्छ । वृक्षारोपण गरिएको स्थान बञ्चरेडाँडा र आलेटार साइटबाट आधा किलोमिटर तथा सिसडोलबाट १ किलोमिटर दुरीमा पर्छ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठकाअनुसार बफर जोनमा हरियाली कायम गर्न विरुवा रोपिएका हुन् । ल्याण्डफिल साइटलाई वातावरणमैत्री बनाउने प्रयास गरिएको छ । यसबाट सिर्जना हुने सामान्य समस्या बफर जोनबाट बस्तीमा पुग्न पाउँदैन । यसका लागि विरुवा रोपिएका हुन् ।

विरुवामा हाल्नका लागि टेकुमा उत्पादन भएको प्राङ्गारिक मल लगिएको छ । डिभिजन वन कार्यालय नुवाकोटका फरेष्टर, मुकुन्द वास्कोटाकाअनुसार सामुदायिक बन ३४.३७ हेक्टर (करिब ६५० रोपनी) क्षेत्रफलमा रहेको छ । वनमा २ हजार ८ सय विरुवा रोप्ने महानगरपालिकाको योजना छ । अहिले उत्तिस, चिलाउने, सल्लालगायत रुख छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायाे मुद्दा (सूचीसहित)

पोखरा विमानस्थलका आयोजना प्रमुखमाथि साढे दुई करोड अकुत सम्पत्तिको मुद्दा

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से २,६१९ मा कायम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host