काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। शनिबार मध्यरातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटाएको हो।
इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको आयल निगमले विज्ञप्तिमार्फत जनाएको छ।