काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा आएका साधुसन्त बाबाहरुलाई बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तहरुलाई कोषले रुदाक्षको माला लगाइदिएर बाटोखर्चसहित बिदाइ गरेको हो ।
महाशिवरात्रि पर्व २०८१ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए । तीन हजार भन्दा बढी साधुसन्तहरुलाई श्रेणी छुट्याएर रकमसहित बिदा गरिएको हो । ती साधुसन्तहरुलाई कोषले ९ श्रेणी छुट्याएको थियो । बरिष्ठताको आधारमा श्रेणी छुट्याएर रुदाक्षको मालासहित बिदा गरिएको प्रवक्ता अधिकारीले बताए ।
उनीहरुलाई श्रेणी अनुसार विभिन्न रगको कार्ड दिइएको थियो । पहिलो श्रेणीका साधुसन्त अन्तर्गत सभापति, अखडाका संरक्षकलाई गुठीले ९ हजार र कोषले ४५ सय थपेर १३ हजार ५ सय रुपैयाँ दिएर बिदा गरेको छ ।












