काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई घुससहित नियन्त्रणमा लिएको छ । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ । मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै मंगलबार रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
उदयपुरका आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुरका राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ ।












