काठमाडौं । काठमाडौं बागबजारमा महिलाको हत्या गरी फरार व्यक्ति एक महिनापछि पक्राउ परेका छन् । धादिङको गल्छी घर भइ काठमाडौंको काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्तलाई प्रहरीले मंगलबार भारतबाट पक्राउ गरी ल्याएको हो।
उनले गत २९ चैतमा नुवाकोटको सूर्यगढी घर भइ काभ्रेस्थली बस्ने २८ वर्षीया बिमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। आपसी विवाद हुँदा हत्या गरेका उनले बताएका छन्। विवाहित पन्त महिलासँग प्रेम सम्बन्धमा थिए।












