काठमाडौं । दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् । अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् ।
उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबेला प्रहरी नियन्त्रणमा लिएर साँझ छोडेको थियो ।