काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. १ बाँसखर्कको सालघारीमा सुक्खा पहिरोले इन्द्रावती नदी आधाजसो थुनिएको छ। गएराति २ बजेतिर इन्द्रावतीमा सुक्खा पहिरो खसेको हो।
सालघारीमाथिको ठूलो भाग चर्किएको र वर्षा पनि भएकाले खतरा टरिनसकेको उनले प्रस्ट्याए। पहिरो गएको स्थानमा नेपाली सेना, सशस्त्र र जनपद प्रहरी पुगेर सतर्कताका लागि आवश्यक तयारी पूरा गरेको छ।
सिन्धुपाल्चोक जिल्ला प्रशासनले तिपेनीभन्दा तलका बस्तीलाई सावधानी अपनाउन सूचित गरेको छ। नदी थुनिँदा पाँचपोखरी थाङपालको वडा नं. १ र ८ तथा मेलम्ची बजारलाई असर गर्ने भएकाले तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनले सूचना जारी गरेको छ।













