Outline Khabar
शुक्रबार, अशोज २, २०८३
Friday, September 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज २, २०८३
Friday, September 18, 2026
                                                       
No Result
View All Result

रुग्ण उद्योगदेखि एआईसम्म: प्रवासी नेपालीको ज्ञान र पुँजी नेपाल भित्र्याउने सरकारको रणनीति

रुग्ण उद्योगदेखि एआईसम्म: प्रवासी नेपालीको ज्ञान र पुँजी नेपाल भित्र्याउने सरकारको रणनीति

काठमाडौं। सरकारले विदेशमा रहेका नेपालीको पुँजीसँगै ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने रणनीति अघि बढाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई लगानीका लागि आह्वान गर्दै परम्परागत क्षेत्रभन्दा बाहिर सूचना प्रविधि, एआई, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र रुग्ण उद्योगको पुनरुत्थानसम्म लगानी तथा सीप परिचालन गर्न आग्रह गरेका हुन्।

Subisu

चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालले अब प्रवासी नेपालीलाई केवल रेमिट्यान्सको स्रोतका रूपमा नभई आर्थिक रूपान्तरणका साझेदारका रूपमा जोड्न खोजेको बताए।

उनले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरे। एआई र सूचना प्रविधिमा काम गर्ने वातावरण बनाउन सरकारले नीतिगत रणनीति अघि बढाइरहेको उनको भनाइ छ।

वाग्लेका अनुसार नेपालको आर्थिक विकासका लागि आन्तरिक स्रोतसँगै गैरआवासीय नेपालीको पुँजी र ज्ञान महत्वपूर्ण छ। त्यसैले सरकारले डायस्पोराको लगानी मात्र नभई उनीहरूले विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवसमेत नेपालमा उपयोग गर्ने नीति लिएको छ।

यसैअनुसार धितोपत्र बाँडफाँड तथा निष्कासनसम्बन्धी नियमावली संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्‍याइएको उनले जानकारी दिए।

यो व्यवस्थालाई प्रवासी नेपालीको पुँजीलाई औपचारिक लगानीको माध्यमबाट नेपालमा परिचालन गर्ने सरकारको प्रयासका रूपमा अर्थमन्त्रीले प्रस्तुत गरे।

सरकारले लामो समयदेखि समस्यामा रहेका रुग्ण उद्योग पुनः सञ्चालन गर्ने नीति अघि बढाएको छ। यस्ता उद्योगलाई पुनरुत्थान गर्न विदेशमा रहेका नेपालीको व्यवस्थापकीय ज्ञान, प्राविधिक सीप र अनुभव उपयोग गर्न सकिने अर्थमन्त्री वाग्लेको संकेत छ।

उनले विदेशमा रहेका ज्ञान तथा सीप भएका नेपालीलाई रुग्ण उद्योगको पुनरुत्थानमा सहभागी हुनसमेत आग्रह गरे।

अर्थमन्त्री वाग्लेले सरकारले लगानीको वातावरण सुधार्न चालु बजेटमार्फत २७ वटा ऐनकानुन संशोधन गरेको बताए। कर प्रणालीमा समेत व्यापक सुधार गरिएको उनको भनाइ छ।

सरकारले आर्थिक सुधारलाई चरणबद्ध रूपमा अघि बढाएको उल्लेख गर्दै उनले पहिलो वर्ष सुधारको सुरुआत भएको, दोस्रो वर्ष थप विस्तार गरिने र त्यसपछिका वर्षमा सुधारको नतिजा तथा प्रतिफल देखिने बताए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१८ सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचीमा राखिने

सहकारी ऋणको ब्याजदर घट्यो, ऋणीलाई लागत घट्ने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host