Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

हुम्ला–बाजुरा सीमा विवादमा सरकारका दुई समिति, प्रहरी र सशस्त्रको विशेष टोली परिचालन

बाजुरा र हुम्लाको सीमा विवाद समाधानका लागि प्राविधिक समिति गठन

काठमाडौँ। हुम्ला र बाजुरा जिल्लाको सीमा विवादमा सरकारले छुट्टाछुट्टै दुई समिति बनाएको छ। भूमि मन्त्रालयले सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको हो भने सीमा क्षेत्रमा हालैको घटनालाई लिएर गृह मन्त्रालयले छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को संयोजकत्वमा एक विशेष छानविन टोली गठन गरेको छ।

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिव र सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा आइतबार बसेको आकस्मिक बैठकले उक्त टोली गठन गर्ने निर्णय गरेको हो।

Subisu

तत्कालै विशेष टोली परिचालन, छिटो प्रतिवेदन बुझाउन निर्देशन
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार गठन गरिएको छानविन टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र घटनाको विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ मन्त्रालयले तदारुकता देखाउँदै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विशेष टोलीलाई घटनास्थलमा परिचालन गरिसकेको जनाएको छ।

स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि आवश्यकता अनुसार थप सुरक्षाकर्मी परिचालन गर्न समेत दुवै सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले स्थानीय जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। भविष्यमा यस्ता सीमा क्षेत्रका विवाद र घटनाहरू दोहोरिन नदिनका लागि नयाँ र ठोस सुरक्षा रणनीति अख्तियार गर्न मन्त्रालयले स्पष्ट पारेको छ।

नागरिकलाई संयमता अपनाउन अपिल
आम नागरिकको जीउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए।

मन्त्रालयले सो क्षेत्रमा उत्तेजना वा त्रासको वातावरण सिर्जना हुन नदिन र शान्ति कायम राख्नका लागि हुम्ला र बाजुरा दुवै जिल्लाका आम नागरिकहरूलाई संयमता अपनाउन हार्दिक अनुरोध समेत गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host