Outline Khabar
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026
                                                       
No Result
View All Result

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं। सार्वजनिक खरिदसम्बन्धी टेण्डरका सूचना दैनिक पत्रिकामा प्रकाशित गर्न नपर्ने व्यवस्था गरिएको सार्वजनिक खरिद ऐन, २०६३ को संशोधनविरुद्ध सर्वोच्च अदालतमा पूरक रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता अनन्तराज लुईंटेल र रामप्रसाद पुडासैनीले सोमबार सर्वोच्च अदालतमा पूरक रिट दर्ता गर्दै उक्त संशोधनले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि असंवैधानिक रूपमा पूर्वप्रतिबन्ध लगाएको जिकिर गरेका छन्।

Subisu

अधिवक्ता लुईंटेलका अनुसार यो निवेदन यसअघि सार्वजनिक खरिद अध्यादेशविरुद्ध जेठ १२ गते दायर गरिएको रिटको पूरकका रूपमा दर्ता गरिएको हो। मूल रिट अहिले संवैधानिक इजलासमा विचाराधीन रहेकाले पूरक निवेदन पनि सँगै सुनुवाइ हुने अपेक्षा गरिएको छ।

सार्वजनिक खरिद ऐनको दफा १४(१), ३०(२) र ४०(३) संशोधन गरी टेण्डर सूचना पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था हटाएर सम्बन्धित निकायको वेबसाइटमा मात्र प्रकाशन गर्नुपर्ने प्रावधान राखिएको छ। यो व्यवस्था सुरुमा अध्यादेशमार्फत ल्याइएको थियो, जसलाई संसदले पारित गरेपछि असार २५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ।

रिट निवेदनमा सरकारको यस्तो व्यवस्था प्रेसमाथिको आर्थिक दबाब सिर्जना गर्ने र छापा माध्यमलाई योजनाबद्ध रूपमा कमजोर बनाउने उद्देश्यबाट प्रेरित रहेको दाबी गरिएको छ।

यसअघि मूल रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासले अध्यादेशको अवस्था स्पष्ट पार्न संसद सचिवालयसँग जानकारी मागेको थियो। संसद सचिवालयले अध्यादेश कानुनमा परिणत भएको जानकारी गराएपछि निवेदकहरू संशोधित ऐनलाई समेत चुनौती दिँदै पूरक रिट लिएर सर्वोच्च पुगेका हुन्।

रिटमा सरकारले विज्ञापन प्रकाशनमा लागू गरेको एकद्वार नीति सर्वोच्च अदालतले असार ३० गते नै बदर गरिसकेको उल्लेख गरिएको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारी विज्ञापन वितरणमा विभेद गर्न नहुने फैसला गरे पनि सरकारले सार्वजनिक खरिद ऐनको संशोधनलाई आधार बनाएर दैनिक पत्रिकामा टेण्डर विज्ञापन प्रकाशन रोकिरहेको निवेदकहरूको आरोप छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत सरकारी सूचना तथा विज्ञापन गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट मात्रै प्रकाशन–प्रसारण गर्न परिपत्र जारी गरेको पृष्ठभूमिसमेत उल्लेख गरिएको छ।

निवेदकहरूले उक्त कानुनी व्यवस्था संविधानको प्रेस स्वतन्त्रता, समानताको हक तथा सूचनामा नागरिकको पहुँचसँग बाझिने भएकाले बदर गर्न सर्वोच्च अदालतसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

काम नगर्ने रुग्ण ठेक्का तोड्नु बाध्यता हो : मन्त्री घिसिङ

उद्योगीको अर्बौँ बक्यौता छाडेर सर्वसाधारणलाई भ्याट थोपर्ने? सरकारलाई कुलमानको प्रश्न

ताजा समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host