Outline Khabar
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
                                                       
No Result
View All Result

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या
Subisu
काठमाडौँ। माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ।
झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो।
कार्यवाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो। टोलीको सदस्यमा टोलीले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य थिए।
प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ। यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ।
यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा। पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ।
भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास र व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ। विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे।
जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले  ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो। यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ। यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ।
अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ। अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ। ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ।
प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदमहरू पनि सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ। यसले वर्षाको पिक समयमा आउने पानीलाई केही बेर भण्डारण गरी पछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ।
त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ।
सडक, खानेपानी, ढल र विद्युत जस्ता निकायहरू बिच समन्वयको अभावमा एउटाले बनाउने र अर्कोले खन्ने परिपाटीलाई अन्त्य गरी एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकतालाई समेत प्रतिवेदनले विशेष महत्वका साथ उठाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

काम नगर्ने रुग्ण ठेक्का तोड्नु बाध्यता हो : मन्त्री घिसिङ

उद्योगीको अर्बौँ बक्यौता छाडेर सर्वसाधारणलाई भ्याट थोपर्ने? सरकारलाई कुलमानको प्रश्न

ताजा समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host