काठमाडौं। इजरायलले निकट भविष्यमा लेबनान र सिरियाबीचको मसना सीमा क्रसिङ नजिक आक्रमण गर्ने योजना रहेको बताएको छ।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) का प्रवक्ता अविचाय अद्राले इरान समर्थित हिज्बुल्लाहले यस क्रसिङलाई ‘सैन्य प्रयोजन’ का लागि प्रयोग गरिरहेको आरोप लगाएका छन्।
लेबनानको पूर्वी सीमामा सिरियासँग जोडिएको यो क्रसिङ दुई देशबीच आवतजावत गर्नेहरूका लागि एक महत्वपूर्ण मार्ग हो।
यस हप्ताको सुरुआतमा संयुक्त राष्ट्रसंघको रिफ्युजी एजेन्सीले युद्ध सुरु भएयता २ लाखभन्दा बढी मानिस लेबनानबाट सिरियामा प्रवेश गरिसकेको र मसना सबैभन्दा व्यस्त आधिकारिक क्रसिङमध्ये एकका रूपमा ‘चौबीसै घण्टा’ सञ्चालनमा रहेको जनाएको थियो।












