Outline Khabar
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
                                                       
No Result
View All Result

इन्डोनेसियाविरुद्ध नेपालको फराकिलो जित

इन्डोनेसियाविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियाविरुद्ध कीर्तिमानी जित हात पारेको छ। ओपनर प्रसिद्ध जैसीको शानदार शतक र कप्तान विपिन प्रसाद शर्माको घातक बलिङको मद्दतमा नेपालले इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

सेलेङ्गोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै विशाल ४२० रनको स्कोर खडा गर्‍यो। प्रसिद्ध जैसीले १३२ रनको शतकीय इनिङ्स खेल्दै ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरे। साथै, रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१, र जोय थापाले ५७ रनको उत्कृष्ट योगदान दिए।

Subisu

नेपालको बलिङ पक्षमा कप्तान विपिन प्रसाद शर्मा सर्वाधिक प्रभावशाली रहे। उनले मात्र ६ विकेट लिएर इन्डोनेसियालाई २४.३ ओभरमै ५० रनमा समेटिदिए। शुभमन खनाल र सुगम बुढाथोकीले १–१ विकेट लिए। इन्डोनेसियाका लागि केभिन निरजले १५ र डिभिट नन्दले १४ रन बनाए, अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इन्डोनेसियाका बलरहरूमा केतुक डर्माले २ विकेट लिँदा, रिहान रिजा, महेन्द्र अजि र केभिन निरजले समान १–१ विकेट लिए।

नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ। टोलीले हालसम्म खेलेका तीनै खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो।

समूहमा नेपालभन्दा १ खेल बढी खेलेको सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक बनाएको छ। जापान र इन्डोनेसियाले २–२ अंक बनाएका छन् भने भुटान अंकविहीन छ।

नेपालले अब भुटानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। समूहको शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपाल यू–१६ टोलीले जारी प्रतियोगितामा देखाएको प्रदर्शनले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको संकेत दिएको छ। ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट सामूहिक प्रयास देखिएको छ, जसले आगामी चरणमा पनि नेपाली टोलीलाई बलियो दावेदारका रूपमा उभ्याएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host