काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले टी–२० विश्वकप छनोटको तयारीका लागि अष्ट्रेलियामा अभ्यास सिरिज खेल्ने भएको छ। नेपालले अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि सिरिज खेल्ने जनाएको हो।
नेपालले १४ देखि २४ अगष्टमा अष्ट्रेलियाको टप इन्ड टी–२० सिरिजमा भाग लिनेछ। क्यानका अनुसार नेपालले उक्त सिरिजमा कम्तीमा ६ वटा टी–२० खेल खेल्नेछ। क्यानले सिरिजबारे अन्य जानकारी र तालिका आगामी हप्ता सार्वजनिक गर्ने बताएको छ।












