Outline Khabar
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
                                                       
No Result
View All Result

नेदरल्यान्ड्समाथि नेपालको जित

नेदरल्यान्ड्समाथि नेपालको जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेको छ। आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै शृङ्खलामा दोस्रो जित दर्ता गरेको हो।

टिटवुडमा भएको खेलमा १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको विस्फोटक अर्धशतकको मद्दतले सहजै लक्ष्य पूरा गर्‍यो। नेपालले १९.४ ओभरमा मात्र चार विकेट गुमाएर सफलतापूर्वक पूरा गरेको हो।

Subisu

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित ६१ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले। उनले नेपालको इनिङ्सलाई बलियो आधार प्रदान गरे।

यस्तै, आरिफ शेखले रिटायर्ड हर्ट हुनुअघि मात्र २३ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३९ रनको आक्रामक योगदान दिए। उनको विस्फोटक ब्याटिङले नेपाललाई लक्ष्यको नजिक पुर्‍याएको थियो। भीम सार्कीले २७ तथा दीपेन्द्रसिंह ऐरीले १६ रन जोड्दा लोकेश बम १२ रनमा अविजित रहे।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले उत्कृष्ट ब्याटिङ गर्दै ५३ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८६ रन बनाए। रोइलोफ भान डेर मार्वेले ३६ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालका लागि करण केसीले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक-एक विकेट लिए।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराएको थियो।

नेपालले अब शृङ्खलाको आफ्नो अन्तिम खेलमा शुक्रबार आयोजक स्कटल्याण्डसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host