काठमाडौं । नेपालले आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा युएईविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । खेलमा नेपाल एक रनले विजयी भएको हो ।
नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएई १ सय ३९ रनमा रोकियो । अन्तिम ओभरमा जितका लागि यूएईलाई १० रन आवश्यक परेका बेला नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै टोलीलाई एक रनको जित दिलाएका हुन् ।












