काठमाडौं । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आइतबार सम्पन्न एएफसी यु-२० महिला एसियन कप छनोटको समूह ‘ए’ अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११–० गोलअन्तरले पराजित भएको छ। यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
साबिक विजेता उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै नेपाललाई फराकिलो अन्तरले हरायो। समूहका सबै तीन खेल जितेको उत्तर कोरिया ९ अंकसहित समूह विजेता बनेर अर्को वर्ष थाइल्यान्डमा हुने मुख्य चरणमा स्थान बनाउन सफल भयो। छनोट चरणमा उत्तर कोरियाले ३६ गोल गर्यो र एकपटक पनि गोल खानु परेन।
नेपालले तीन खेलबाट ४ अंक बटुलेको थियो। पहिलो खेलमा भुटानसँग १–१ बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरबलाई १–० ले पराजित गरेको थियो। तर अन्तिम खेलमा ठूलो हारपछि उत्कृष्ट उपविजेता बन्ने सम्भावना समाप्त भयो।
छनोट नियमअनुसार ८ समूहका विजेता सिधै छनोट हुनेछन् भने उत्कृष्ट तीन उपविजेता पनि मुख्य चरणमा पुग्नेछन्। तर अन्य समूहका दोस्रो स्थानका टिमले पहिले नै ६ अंक जोडेकोले नेपालको यात्रा यहीँ अन्त्य भयो।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

