काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर हुँदा गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो।
यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार राजनको उपचारका क्रममा आज (सोमबार) बिहान साढे ८ः५५ बजे मृत्यु भएको थियो ।
त्यस्तै आइतबार उपचारकै क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएका किशोर प्यूठानको नौबहिनी गाउँपालिकाका १३ वर्षीय सुयन पुन रहेको डिएसपी रिजालले जानकारी दिए ।
भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा गएराति राति १२ः३० बजेको समयमा तीन वटा यात्रुबहाक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो । त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरु
१. प्युठान नौबैईनी गापा–७ बस्ने बर्ष २८ को सुधन केसी (मध्यम)
२.प्युठान प्युठान नपा–१० बस्ने बर्ष ३६ को निरज केसी (मध्यम)
३. प्युठान मलारानी गापा–२ बस्ने बर्ष ३६ की निर्मला भुषाल (गम्भिर)
४. प्युठान गौमुखी गापा–७ बस्ने बर्ष २५ को सुरज सुनार (मध्यम) प्रहरी जवान भन्ने बुझिएको
५. अर्घखांची सितगंगा नपा–८ बस्ने बर्ष २९ की पबित्रा दर्लामी (सामान्य)
६. प्युठान झिम्रुम नपा–७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि (मध्यम)
७. प्युठान प्युठान नपा–८ बस्ने बर्ष २० को समिर केएम (मध्यम)
८. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३६ को तारापती बुढाथोकी (मध्यम)
९. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी (मध्यम)
१०. प्युठान एरावती गापा–६ बस्ने बर्ष ५६ की मनदेवि थापा (गम्भिर)
११. प्युठान बस्ने बर्ष ६० को पदम थापा (सामान्य)
१२. प्युठान नपा–१० बस्ने बर्ष २१ को सुशिल केसी (मध्यम)
१३. प्युठान नपा–४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी (मध्यम)
१४. प्युठान नपा–८ बस्ने बर्ष १८ की सलिसा थापा (मध्यम)
१५. प्युठान नपा–१ बस्ने बर्ष ३८ को प्रकास केसी (मध्यम)
१६.प्युठान नपा–८ बस्ने बर्ष ५३ की पार्वता केसी (मध्यम)
१७. प्युठान नेबईनी गापा–३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था (गम्भिर)
१८. प्युठान गौमुखि गापा–३ बस्ने बर्ष २९ को दिपक सुनार (सामान्य)
१९. अर्घाखाँची सितगंगा नपा–८ बस्ने बर्ष ४९ लाम बहादुर दर्लामी (मध्यम)
२०. प्युठान नपा–८ बस्ने बर्ष २५ को सन्तोष केसी (गम्भिर)