काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।
आज (आइतबार) बिहान पहिरो खस्दा सडक बन्द भएको थियो। पहिरो हटाएपछि दुबै तर्फी सवारी आवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक खुलेसँगै सवारीसाधन धमाधम गन्तव्यतर्फ लागेका छन्।












