एजेन्सी । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि प्रधानमन्त्री मोदी आफ्नो साउदी अरेबियाको भ्रमण छोट्याएर भारत फर्किएका छन्।
प्रधानमन्त्री मोदी मंगलबार साउदी अरबको दुई दिने भ्रमणका लागि प्रस्थान गरेका थिए। उनले पहलगाम आक्रमणलाई ‘आतंकवादी आक्रमण’ को रूपमा वर्णन गर्दै भने , ‘आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई छोडिने छैन।’
दिल्ली पुग्ने बित्तिकै उनले परिस्थितिको बारेमा जानकारी लिन आपत्कालीन ब्रिफिङ बैठक गरेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस परिस्थितिबारे छलफल गरिएको छ। उता, केन्द्रीय गृहमन्त्री अमित शाह पहिले नै कश्मीर पुगिसकेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार आतंकवादी हमलापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अधिकारीहरूले यो कदम सावधानीका रूपमा उठाइएको बताएका छन्।
मंगलबार जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादी आक्रमण भएको थियो। यस आक्रमणमा, अतिवादीहरूले पर्यटकहरूमाथि गोली चलाएका थिए, जसमा २६ जनाको मृत्यु भएको थियो।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



