काठमाडौं । सोमबार ४ घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिङ सेवा बन्द भएको छ । फोन पे ले डाटाबेस अपग्रेट गर्न लागेकोले बैंकहरुको मोबाइल बैंकिङ सेवा बन्द भएको हो ।
भुक्तानी प्रणाली सञ्चालक फोन पे ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । सोमबार दिउँदा १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ ।
अधिकांश बैंकहरुको अनलाइन बैंकिंग फोनपेले सञ्चालन गरेको छ। यसले गर्दा क्यूआर स्क्यान लगायतका डिजिटल बैंकिङ सेवा प्रभावित भएको छ ।