Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

मानसिक स्वास्थ्यको आवश्यकता र महत्व

सरला थापा

मानसिक स्वास्थ्यको आवश्यकता र महत्व

मानसिक स्वास्थ्य एक व्यक्ति, परिवार र समाजका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। जीवनका विभिन्न परिस्थितिहरूले मानिसमा मानसिक समस्याहरू जन्माउन सक्छन्। मानसिक रोगलाई धेरैले रहस्यमय र अज्ञात रूपमा बुझ्ने गरेका छन्, तर यो पनि अन्य रोगजस्तै उपचार गर्न सकिने सामान्य अवस्था हो।

मानसिक स्वास्थ्यको आवश्यकता

Subisu

मानसिक रोगीहरूसँग मैले लामो समयदेखि संगत गरिरहेको छु। यस क्रममा उनीहरूसँग जोडिएका स्मरणीय अनुभवहरू धेरै छन्, तर गोपनीयता उनीहरूको अधिकार भएकाले विस्तृत विवरण दिन उचित ठान्दिन । तथ्यांकअनुसार हरेक चारजनामा एकजना मनोरोगी हुन्छन्। हरेक मनोरोगका कारण र अनुभव फरक-फरक हुन्छन्। रोगको कारण पहिचान गर्न हामीले बिरामी र उनका आफन्तसँग कैयौं घण्टा र दिनसम्म अन्तरक्रिया गर्नुपर्ने हुन्छ।

आजको व्यस्त जीवनशैली, सामाजिक दबाब र व्यक्तिगत तनावले मानिसको मानसिक स्वास्थ्यलाई गम्भीर प्रभाव पारेको छ। धेरै मानिस मानसिक तनाव, चिन्ता, अवसाद जस्ता समस्याबाट गुज्रिरहेका छन्। यस्ता अवस्थाहरूले मानिसको शारीरिक, भावनात्मक र सामाजिक जीवनलाई असर पुर्‍याउँछ। मानसिक समस्या देखिनासाथ मनोपरामर्शदातासँग भेटघाट गरेमा रोगको जटिलता रोक्न सकिन्छ।

मानसिक रोगको प्रकृति

मानसिक रोग कुनै उमेर, लिङ्ग, वा वर्गले मात्रै सीमित छैन। यो बालकदेखि वृद्धसम्म, महिला होस् वा पुरुष, धनी होस् वा गरिब, सबैलाई लाग्न सक्छ। मनोरोग लागेपछि व्यक्तिको बोली, व्यवहार, आचरण, स्मरण शक्ति, र ध्यान केन्द्रित गर्न सक्ने क्षमतामा परिवर्तन आउँछ।

मनोरोगका कारण धेरै प्रकारका हुन्छन्। जस्तै:

  • पारिवारिक समस्या: सासू–बुहारीको झगडा, कम उमेरमा विवाह।
  • सामाजिक दबाब: विदेश रोजगारको तनाव, असफलता।
  • आन्तरिक समस्या: अत्यधिक चिन्ता, यौन ज्ञानको अभाव।
  • अनुभवजन्य पीडा: दुर्घटनाबाट उत्पन्न मानसिक तनाव।

मनोरोगका सामान्य लक्षण

मानसिक रोगको सुरुवात सामान्य लक्षणहरूसँग हुन्छ। यदि समयमै ध्यान दिइएन भने यी लक्षणहरूले जटिल रूप लिन सक्छन्:

  • सधैं चिन्तित वा उदास महसुस गर्नु।
  • ध्यान एकाग्र गर्न नसक्नु।
  • निन्द्रामा गडबडी।
  • हरेक कुरा मन पर्ने वा घृणा लाग्ने।
  • अत्यधिक डर, निराशा वा उन्माद।
  • दैनिकी सञ्चालन गर्न अप्ठ्यारो महसुस हुनु।

मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणाहरू

मानसिक रोगलाई धेरैजसोले अझै पनि भुत–प्रेत, धामीझाँक्री, जादुटुनाको परिणाम मान्ने गर्दछन्। त्यस्तै, “डाक्टरी औषधिले रोग झन् बिग्रिन्छ” भन्ने भ्रम, “मनोरोगी हिंसात्मक हुन्छन्” भन्ने धारणाहरू समाजमा व्याप्त छन्। यी सबै गलत बुझाइ हुन्। मनोरोग अन्य रोगजस्तै हो, जसको उपचार सम्भव छ।

मानसिक रोगबाट जोगिने उपाय

मानसिक रोगबाट बच्न जीवनशैलीमा सुधार र केही सावधानी अपनाउन सकिन्छ:

  1. स्वस्थ खानपिन र नियमित व्यायाम।
  2. तनाव व्यवस्थापनका लागि आफ्ना नजिकका व्यक्तिहरूसँग मनका कुरा साटासाट।
  3. रक्सी, चुरोट र अन्य लतजन्य पदार्थको सेवन नगर्नु।
  4. फुर्सदको समय सिर्जनात्मक कार्यमा लगाउनु।
  5. पर्याप्त निन्द्रा र स्वच्छ वातावरणमा समय बिताउनु।

उपचारका विधिहरू

मानसिक रोगको उपचार रोगका प्रकार र गम्भीरताअनुसार फरक हुन्छ:

  1. हल्का लक्षण भएमा मनोशिक्षा, काउन्सिलिङ।
  2. मध्यम र कडा लक्षण भएमा औषधि उपचार।
  3. मनोवैज्ञानिक थेरापी, जस्तै: साइकोथेरापी।

मानसिक स्वास्थ्यप्रति समाजको उत्तरदायित्व

समाजले मनोरोगीलाई सहानुभूति र सहयोगका साथ व्यवहार गर्नुपर्छ। मनोरोगीलाई “पागल” भन्ने वा अपहेलना गर्ने सोच हटाउन आवश्यक छ। परिवार र समुदायको सहयोगले बिरामीको उपचार प्रक्रिया सहज र प्रभावकारी बनाउन मद्दत गर्छ।

निष्कर्ष

मानसिक स्वास्थ्य हाम्रो समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो। समयमै उचित परामर्श, उपचार, र समाजको सकारात्मक दृष्टिकोणले मनोरोगलाई परास्त गर्न सकिन्छ। “आफ्नो र आफ्ना प्रियजनको मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौं। मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई उत्तिकै महत्त्व दिऔं।”

(लेखक सरला थापा लमजुङ बेसिशहर नगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता हुन् ।)

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host