शिर झुकाउँछु म आज यहाँ,
आमाको माया अमूल्य थाहा।
अग्नि बनेर सहनुहुन्थ्यो,
फूल बनेर रहनुहुन्थ्यो।
निद्राले छोप्दा मेरा नयन,
आशिषले ढाक्थिन् ती पवित्र बचन।
भोकै रहेर मलाइ खुवाई,
हास्न सिकाई, रूवा नदिई।
दुःखको बादल छायो जब,
आमाकै हात बन्यो उज्यालो सब।
थाक्दा समाउँथिन् बाँहि कसेर,
सपनालाई राख्थिन् आकाश जस्तै फिजाएर।
मन्दिरको ज्योति, गङ्गाको धार,
आमाकै मुटु – अमर उपहार।
तिमी बिना म, शून्य जस्तो,
तिमी नै जीवन, तिमी नै स्रोत।
जीवनका पानामा तिमी लेखिएकी,
पीडाको घाउमा मलम झैँ बसेकी।
पछाडि फर्की हेर्दा जुन देखिन्छ,
त्यो उज्यालो पनि तिमीले बालेकी।
अन्धकार भित्र आशाको जून,
तिम्रो माया, तिम्रो सुनको खुन।
सम्झँदा आँसुका रेखा बग्छन्,
ओइलाएको मनमा तिमी फुलझैँ आउछ्यौ,
टुटेको साहसमा नयाँ बल फुक्यौ।
आफ्नो खुसी साटेर खुशी बनायौ,
मेरो सारा पीडा, आफैमा समायौ।
छेउमा बस्दा मिर्मिरे बिहान,
तिमीले दिएको आशीर्वादको प्रमाण।
कसरी तिर्छु यो ऋणको लेखा,
तिमी बिना म फगत एउटा रेखा।
आमा
तिमी माटोमा गन्ध,
तिमी आकाशको नीलो छाया,
तिमी सासमा न्यानो जून,
तिमी मुटुमा धड्किने माया।
✍️ सुदिप वि.क
बेसिशहर–११ लमजुङ












