काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनबीच भागबण्डा मिलेको छ । जनमतलाई मुख्यमन्त्री, एमालेले भौतिक पूर्वाधार, माओवादीले अर्थ र एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिने सहमति भएको हो ।
मधेशमा जनमत पार्टीलाई मुख्यमन्त्री दिन सत्तारुढ सत्ता गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र यसअघि नै सहमत भएका थिए ।
शनिबार एकीकृत समाजवादी पनि सहमत भएपछि भागबण्डा मिलेको हो । मुख्यमन्त्रीका लागि आइतबार दाबी पेश गरिने एमाले संसदीय दलका नेता सरोज यादवले बताएका छन् ।