काठमाडौं । २० औँ पटक इङलिस प्रिमियर लिग उपाधि टोटनह्याम हट्सपरलाई पराजित गर्दै लिभरपुलले हात पारेको छ। आइतबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा टोटनह्याममाथि ५–१ को फराकिलो जित निकाल्दै लिभरपुलले उपाधि जितेको हो।
टोटनह्यामाथिको सानदार जितले लिभरपुलले चार खेल बाँकी रहँदा नै उपाधि जित्ने सातौँ टोली बनेको छ। लिगमा दोस्रो स्थानको आर्सनलको ६७ अंक हुँदा उपाधिबाट टाढिएको हो।
जितसँगै लिगको ३४ खेलमा लिभरपुलले २५ खेलमा जित, ७ खेलमा बराबरी र २ खेलमा हार भोग्दै ८२ अंकमा शीर्ष स्थानमा रहँदै उपाधि आफ्नो पक्षमा पार्यो।
उपाधिसँगै लिभरपुलले २० औँ पटक च्याम्पियन बनेको हो। सन् १९९२/९३ मा आधुनिक प्रिमियर लिग सुरु भएपछि लिभरपुलको यो दोस्रो उपाधि जितेको हो।












