Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

लाइसेन्स अनियमितता प्रकरणः १६ अभियुक्तले पाए सफाइ

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । कम्प्युटर प्रणालीको दुरूपयोग गरी सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका यातायातका कर्मचारीसहित १६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सवारी चालक अनुमति पत्र कार्यालय बाग्मतीका तत्कालीन निमित्त प्रमुख रामदत्त भट्टसहित सबै अभियुक्तले सफाइ पाउने ठहर गरेको हो।

Subisu

विशेष अदालतले सबैलाई सफाइ दिएपछि उक्त फैसलामा चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको थियो। सर्वोच्चले पनि विशेषकै फैसला सदर गरेको हो।

२०७१ भदौमा यातायात व्यवस्था कार्यालयका कर्मचारी र बिचौलियाको मिलोमतोमा घूस लिई ६ महिनाको अवधिमा प्रयोगात्मक परीक्षामा फेल भएका १९७ लाई ड्राइभिङ लाइसेन्स दिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाबी गरेको थियो।

यस प्रकरणमा ७ बिचौलियासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। ५३ लाख ७८ हजार रूपैयाँ कुल बिगो दाबी गरिएको थियो। विशेष अदालतले उनीहरू सबैलाई सफाइ दिएको थियो।

कम्प्युटर प्रणाली सरकारको नियन्त्रणमा मात्र नरहेकाले अनियमित तवरले जारी भएका लाइसेन्स यातायात कार्यालयकै कर्मचारीबाट जारी भएको भन्न नमिल्ने तर्कका आधारमा उनीहरूले सफाइ पाएका हुन्।

भ्रष्टाचार मुद्दा खेप्नेमा यातायात व्यवस्था विभाग, सवारी चालक अनुमति पत्र कार्यालय बाग्मतीका पूर्वनिमित्त प्रमुख रामदत्त भट्ट, कम्प्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, कम्प्युटर अधिकृत राजेश पाछै महर्जन, कम्प्युटर अपरेटरहरू सञ्जीव न्यौपाने, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमाललगायत थिए।

बिचौलियाको काम गरेको अभियोगमा ड्राइभिङ स्कुल सञ्चालक रमेश तामाङ, शम्शेरबहादुर थिङ, वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पाविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

आमोदप्रसाद उपाध्यायको निधनमा तीन दिन झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

ताजा समाचार

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

आमोदप्रसाद उपाध्यायको निधनमा तीन दिन झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host