काठमाडौं । निरन्तर वर्षाले डुम्रे–बेसिशहर सडकखण्ड अवरुद्ध भएको छ। बेसिशहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्।