काठमाडौं । ललितपुर कुपण्डोलमा सडक भासिएको छ । कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको भासिएको हो । सडक भासिदा निस्किएको पानीले यातायातसमेत प्रभावित भएको छ ।
अहिले बगिरहेको पानी भने रोकिएको छ । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ ।










