काठमाडौं । कुमारी बैंक लिमिटेड(KBL)ले लघु, साना तथा मझौला उद्योग–व्यवसाय (MSMEs) वित्तीय साक्षरता कार्यक्रमका लागि USAIDसँग सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत USAID Trade and Competitiveness ले बैंकलाई नेपालभरका MSMEs माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १०,००० नयाँ MSMEsलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग गर्नेछ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।