काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ। शनिबार विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा ४२ नम्बरसम्म झरिसकेको काठमाडौं सहर अहिले फेरि सातौँ स्थानमा उक्लिएको हो।
नेपाली समयअनुसार आज बिहान ९:४५ बजे काठमाडौं विश्व वायु प्रदूषणको सूचीमा सातौँ नम्बरमा छ भने वायु गुणस्तर सूचकांक (एक्यूआई) १५३ छ।












