काठमाडौं । अखिल नेपाल महिला संघ(अनेमसंघ) कोशी प्रदेशको प्रदेश स्तरीय कार्यशाला तथा विस्तारित बैठक सम्मन्न भएको छ ।
केन्द्रीय अध्यक्ष टुकाभद्र हमालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि हमालले पार्टीमा महिलाको उपस्थित उल्लेख्य बढाएर आफ्नो काम देखाउनुपर्ने बेला आएको बताइन् ।
कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य शेरधन राई, नेकपा एमाले पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले पोखरेल लगायतको उपस्थिति रहेको थियो ।













