Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

काठमाडौं महानगरले आफ्नै अस्पताल चलाउने, विश्वविद्यालयका विद्यार्थीलाई इन्टर्नसिप र पार्टटाइम जागिर

काठमाडौं महानगरले आफ्नै अस्पताल चलाउने, विश्वविद्यालयका विद्यार्थीलाई इन्टर्नसिप र पार्टटाइम जागिर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक विकास, शिक्षा, खेलकुद तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवा तथा बालबालिकालाई लक्षित अनेकौँ नयाँ कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेशी शिक्षा, सुलभ स्वास्थ्य सेवा र सामाजिक सुरक्षालाई विशेष जोड दिइएको छ।

महानगरले ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई पोषण भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। साथै, ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी उनीहरूलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सेवा उपलब्ध गराइनेछ।

Subisu

नयाँ पुस्तालाई सुशासन र सामाजिक उत्तरदायित्वसँग जोड्न महानगरले जेन–जेड र जेन–अल्फा पुस्तालाई लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। नीति तथा कार्यक्रममा युवाहरूलाई सुशासनका संवाहक र सामाजिक परिवर्तनका अगुवा बनाउने लक्ष्य राखिएको छ।

शिक्षा क्षेत्रतर्फ महानगरले समावेशी र नवीन कार्यक्रमहरू अघि सारेको छ। अटिजम र डाउन सिन्ड्रोम भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गरिनेछ भने गृहणी महिलाहरूका लागि वैकल्पिक विद्यालय सञ्चालन गरिने योजना छ। विद्यालयहरूमा सृजनात्मक सिकाइ, विज्ञान–प्रविधि, कला र गणितमा आधारितः शिक्षा तथा सीपमूलक तालिमलाई प्रवर्द्धन गर्न ‘सिप तथा सृजनात्मक शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ।

भाषा, संस्कृति, सम्पदा र प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘स्वनिगः विश्वविद्यालय’ स्थापना गर्न नेपाल सरकारसँग आवश्यक समन्वय गरिने महानगरले जनाएको छ।

विद्यालयको भौतिक वातावरण सुधारलाई समेत प्राथमिकता दिँदै कक्षाकोठाभित्रको तापीय आराम र कार्बन डाइअक्साइडको सान्द्रतासम्बन्धी अध्ययन गरिनेछ। अध्ययनका आधारमा प्राकृतिक हावाप्रवाह तथा भेन्टिलेसनका मापदण्ड निर्धारण गरिने नीति लिइएको छ।

स्वास्थ्य सेवातर्फ महानगरले विशिष्ट तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महानगर अस्पताल निर्माण गर्ने घोषणा गरेको छ। राजधानीका साँघुरा सडक र बढ्दो ट्राफिक चापलाई ध्यानमा राख्दै आकस्मिक बिरामीसम्म छिटो पहुँच पुर्‍याउन बाईक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइनेछ।

विपन्न तथा असहाय नागरिकका लागि स्वास्थ्य संस्थाहरूमा अनिवार्य १० प्रतिशत निःशुल्क उपचार व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न महानगरले मनोपरामर्श सेवा र विशेष कल सेन्टर सञ्चालन गर्ने योजना अघि सारेको छ। यसले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका नागरिकलाई सहज पहुँचमा परामर्श सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

महिलामैत्री र बालमैत्री सार्वजनिक सेवा विस्तारका लागि सार्वजनिक स्थानहरूमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना तथा व्यवस्थापन गरिने कार्यक्रम पनि समावेश गरिएको छ।

महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले सामाजिक सुरक्षा, समावेशी शिक्षा र पहुँचयोग्य स्वास्थ्य सेवामार्फत नागरिकको जीवनस्तर उकास्ने तथा राजधानीलाई थप मानवकेन्द्रित र समावेशी सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको देखिन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host