Outline Khabar
आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026
                                                       
No Result
View All Result

पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन

पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन

चन्द्रकान्त खनाल
रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै शुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बुधबार महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको बैठकमा पाण्डेयले भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।

Subisu

उनले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । ‘गत आर्थिक वर्षमा केही सुधार भएको छ,’ उनले भने, ‘यसलाई चालु आर्थिक वर्षमा पूर्ण रुपमा सुधार गर्नुपर्छ ।’

उनले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र आलटाल गर्ने जस्ता गुनासा आउने गरेको भन्दै सेवाग्राहीको काम सकेसम्म छिटो र सरल प्रक्रियाबाट गर्न निर्देशन दिए ।

उनले सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न र त्यसअनुसार सूचना र प्रविधिको व्यवस्थापन गर्न निर्देशन दिए । ‘कुनै पनि शाखा महाशाखा र वडाबाट सेवाग्राहीले काम भएन र आलटाल गरियो भन्ने गुनासो गर्नुभएन’ उनले भने, ‘त्यसअनुसार सबै कर्मचारीले काम गर्नुस्, हामीले सेवा दिनका लागि कुनै कमजोरी गर्नुहुन्न ।’

उनले सेवाप्रवाहका क्रममा संघ, प्रदेश र स्थानीय सरकारका कानुनहरुलाई ध्यानमा राख्न र त्यसअनुसार काम गर्न आग्रह गरे । ‘जुनसुकै काम गर्दा संघका कानुन, प्रदेशका कानुन र हामीले नगरसभाबाट पास गरेका र कार्यपालिका बैठकबाट पास गरेका कानुन र कार्यविधिहरु राम्रोसँग हेरेर बुझेर काम गर्नु’ उनले भने कर्मचारीलाई भने,‘काम गरेकै आधारमा कसैले पनि जोखिम बेहोर्नुहुँदैन ।’

उनले कार्यसम्पादनका आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गरिने भन्दै सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । ‘काम नगरिदिने र प्रमुख, उपप्रमुख र जनप्रतिनिधिलाई दोषी देखाउने वा तर्किने काम नगर्नुहोला, उनले कर्मचारीलाई सचेत बनाउँदै भने, ‘काम गर्ने विधि, तरिका र कानुनबारे थाहा नभए आफुभन्दा माथिल्लो अधिकारीलाई सोध्नुस्, तालिम लिनुस् ।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सेवाप्रवाहलाई स्तरीय बनाउँदै बुटवलको गौरव बढ्ने गरी काम गर्न आग्रह गरिन् ।
उनले विकासका काममा विशेष चासो दिएर स्तरीय काम गर्न र गराउनुपर्ने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गुनासो नआउने गरी सेवाप्रवाह गर्न र विकासका कामलाई छिटो र स्तरीय ढंगबाट सम्पन्न गर्नका लागि खटिन कर्मचारीहरुलाई आग्रह गरे ।

यस्तै, बुधबार नै बुटवल उपमहानगरपालिकामा कार्यरत सरसफाइकर्मीलाई बुटवल नगरलाई सफा र सुन्दर बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले निर्देशन दिए । सरसफाइकर्मीसँगको छलफलका क्रममा पाण्डेयले बुटवललाई सफा र सुन्दर राख्न सरसफाइकर्मीको भूमिका प्रमुख हुने बताए ।

उनले सरसफाइकर्मीका समस्याहरुको समाधानमा कार्यालयले तत्काल चासो दिन प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई निर्देशन दिए । उनले सरसफाइकर्मी फिल्डमा खटिँदा कार्यालयले दिएको पोशाक र सावधानीका उपाय अपनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ

जघन्य कसूरमा कडा सजाय सुनिश्चित गर्न कानूनी सुधारको तयारी, अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेस

जघन्य कसूरमा कडा सजाय सुनिश्चित गर्न कानूनी सुधारको तयारी, अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेस

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ चलाउँदै सरकार

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ चलाउँदै सरकार

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

‘संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका कमजोर बनाउने प्रयास भइरहेको त छैन?’

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

गगनले आयोगमा बुझाए नयाँ कार्यसमिति गठनबारे विवरण

कांग्रेस सभापति थापा भन्छन्- व्यवस्थापनका नाममा कानुनबाहिर गएर डोजर चलाउने शैली स्वीकार्य हुँदैन

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host