काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको सार्वजनिक बिदा खारेज भएको जनाएको छ। आइतबार राति १० बजे जारी गरिएको सूचनामा सोमबार बिहान १० बजेदेखि काठमाडौं जिल्लाभित्रका सबै सरकारी कार्यालय, संस्थान तथा स्थानीय तहहरू खुला रहने उल्लेख गरिएको छ।
यसअघि लगातारको वर्षाका कारण गृह मन्त्रालयले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर मौसममा सुधार भएसँगै विपद् जोखिम कम भएको भन्दै मन्त्रालयले आइतबार साँझ जिल्लाहरूमा सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा राजधानी प्रवेश गर्ने मार्ग अवरुद्ध र उद्धार–राहत कार्यका कारण असोज १९ र २० गते बिदा तोकिएको भए पनि जोखिमको अवस्था टरेको भन्दै सोमबारदेखि कार्यालय खुला गरिने उल्लेख गरिएको छ।













