काठमाडौं । ताप्लेजुङ पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली कुटपिट गरिएको छ।
ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान–९ स्थित पुतली लाइनमा कुटपिट गरी कालोमोसो दलेका हुन्।
माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताए। माबोलाई कालो मोसो दल्नेमा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावति लगायतको उपस्थिति रहेको थियो।












